अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ-स्थानीय बजारमा बुधवार सुनको मूल्य घटेको छ। मंगलबारको तुलनामा बुधवार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ घटेको छ। यसअघि मंगलबार पनि सुनको मूल्यमा भारी गिरावट आएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन तोलामा २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार १०० र सोमबार २ लाख ७० हजार रुपैयाँ कायम भएको थियो । यस्तै आइतबार २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको थियो । जुन मूल्य हालसम्मकै उच्च भएकामा सुनको मूल्य पुनः घट्न पुगेको हो । 

यस्तै बुधवार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा ४ हजार ९५० रुपैयाँ पुगेको चाँदीको मूल्य बुधवार घटेर ४ हजार ४७० रुपैयाँ कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमा घटबढ हुँदा सुनचाँदीको मूल्य स्थानीय बजारमा पनि फेरबदल हुँदै आएको छ ।