अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विराटनगरमा कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन

विराटनगरमा कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन


विराटनगर-मोरङको विराटनगरमा कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ। बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले प्रदेश स्तरीय गोष्ठीको उद्घाटन गर्नुभएको हाे ।

सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले निर्वाचन बिना सुशासन कायम गर्न कठिन हुने बताउनुभयाे । उहाँले भन्नुभयाे– ‘निर्वाचन बिना देश थप अस्थिरतातर्फ धकेलिन सक्ने हुँदा सुशासन चाहने हो भने निर्वाचनको विकल्प छैन।’ 

फाल्गुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको माहौल बनिसकेको अर्यालले बताउनुभयाे। उहाँले भन्नुभयाे– ‘निर्वाचन गराउन सरकार दृढ भएर लागेको छ ।’ 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की आसन्न निर्वाचन सम्पन्न गर्न अझै केही बाधा र अड्चन भएता पनि तोकिएको मितिमा शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेको बताउनुभयाे । गोष्ठीमा कोशी प्रदेशका १४ वटा जिल्लाका सुरक्षा प्रमुखहरू र प्रमुख जिल्ला अधिकारीहरू सहभागी छन् ।

गोष्ठीमा जिल्ला सुरक्षा समितिका अधिकारीहरूले आ–आफ्ना जिल्लाको शान्ति सुरक्षाको अवस्था र निर्वाचनमा देखिन सक्ने सुरक्षा चुनौतीको विश्लेषण गरेर आवश्यक रणनीति तय गर्नेछन् ।