सुदूरपश्चिम-राष्ट्रियसभा सदस्य पदका लागि सुदूरपश्चिम प्रदेशमा हुन लागेको निर्वाचनलाई लक्षित गरी धनगढीमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयको परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
कैलाली जिल्ला अदालतका न्यायाधीश एवं निर्वाचन अधिकृत भुवनसिंह थापाले कार्यालयको उद्घाटन गर्नुभयो । सो अवसरमा प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी गराउनुभएको थियो ।
उहाँले भन्नुभयो, “कार्यालय परिसरमा एक मतदानस्थल र दुई मतदान केन्द्र स्थापना हुन लागेको छ । यही पुस २३ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ ।” उहाँका अनुसार आगामी माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा प्रदेशसभाका सदस्य र पालिका तहका प्रमुखरउपप्रमुख एवं अध्यक्षरउपाध्यक्ष मतदाता रहेका छन् ।
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दुई सदस्य ९एक महिला र एक पुरुष०को पदावधि सकिन लागेकाले ती पदका लागि निर्वाचन हुन लागेको निर्वाचन कार्यालयका प्रमुख प्रमुख भट्टले बताउनुभयो । यस निर्वाचनमा ५२ जना प्रदेशसभा सदस्यले मतदान गर्नेछन् ।
प्रदेशसभाका एक सदस्य निलम्बनमा छन् भने सबै ८८ पालिका तहका प्रमुखरउपप्रमुख र अध्यक्षरउपाध्यक्ष गरी एक सय ७५ मतदाता छन् । पालिका तहका एक मतदाता पनि निलम्बनमा छन् ।





प्रतिक्रिया