अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन खर्च विवरण नबुझाएको भन्ने समाचार असत्य र भ्रामक:  शेरधन राई

निर्वाचन खर्च विवरण नबुझाएको भन्ने समाचार असत्य र भ्रामक:  शेरधन राई


काठमाडौं-नेकपा एमालेका सचिव तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईले आफूले निर्वाचन खर्च विवरण नबुझाएको भनी सञ्चारमाध्यममा आएका समाचारहरूको खण्डन गर्नुभएको छ।

सचिव राईले सामाजिक सञ्जाल फेसबुक मार्फत  स्पष्टीकरण सार्वजनिक गर्दै आफ्नो नाममा सम्प्रेषण गरिएका त्यस्ता समाचार र प्रचारबाजी सत्य नभएको स्पष्ट गराउनुभएको हो।

सञ्चारमाध्यमा आफूसँग जोडेर आएका समाचारलाई असत्य, भ्रामक र नियोजित भन्नुभएको छ।

गत निर्वाचनमा उम्मेदवार हुँदा खर्च विवरण पेश नगरेको र सार्वजनिक नगरेको भन्दै केही भ्रमपूर्ण समाचारहरू बाहिरिएपछि सचिव राईले आफूले बुझाएको खर्च विवरणका आधिकारिक कागजात र रसिदहरू समेत सार्वजनिक गर्नुभएको छ।

सचिव राईले भन्नुभएको छ, ‘आफूबाट कहिल्यै पनि कानुनी सीमा र प्रबन्धमा चुक्ने कार्य नभएको र आगामी भविष्यमा पनि त्यस्तो नहुने प्रतिबद्धता व्यक्त गर्दछु।’

भोजपुर जिल्ला निर्वाचन कार्यालयमा तोकिएको समयमै खर्च विवरण बुझाएको प्रमाण पेश गर्दै सचिव राईले निर्वाचन आयोगलाई समेत यस विषयमा आधिकारिक रूपमा खण्डन गरिदिन आग्रह गर्नुभएको छ।

​नेता राईले सार्वजनिक गरेको विवरणमा निर्वाचनका क्रममा भएका विभिन्न शीर्षकका खर्चहरू स्पष्ट रूपमा उल्लेख गरिएको छ।

सचिव राईले सञ्चारमाध्यममा आएका गलत सूचनाले जनमानसमा भ्रम पैदा गर्ने भन्दै सत्यको खोजी गर्न सबैलाई आग्रह समेत गर्नुभएको छ।