विराटनगर- विराटनगरस्थित डिग्री क्याम्पसको विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तरगत प्राणी शास्त्र विभागको विभागीय प्रमुखमा उपप्राध्यापक रामचन्द्र अधिकारी नियुक्त हुनु भएको छ ।
उक्त विभागमा हाल कार्यरतहरुमध्ये पदगत वरिष्ठतामा आधारमा अधिकारीलाई क्याम्पस प्रमुख ढकबहादुर मगरले नियुक्ति दिनु भएको हो । अधिकारी सोही विभागमा अध्ययन गरी २०७४ सालदेखि उपप्राध्यापक पदमा कार्यरत हुनुहुन्थ्यो । विभागीय प्रमुखको कार्यकाल त्रिभुवन विश्वविद्यालयको नियमअनुसार तीन वर्षको हुने जनाइएको छ । उक्त विभाग अन्तरगत प्राणी विज्ञानको स्नातकोत्तर अध्ययन अध्यापन हुँदै आएको छ । यसअघिका विभागीय प्रमुख डा पुष्पाकुमारी मिश्रको अनिवार्य अवकाशपछि अधिकारीको नियुक्ति भएको हो । अधिकारी पूर्वी नेपालमा पाइने रातो बाँदरको बासस्थान, आनीबानी तथा खानपानको अन्वेषण विषयमा विद्यावारिधि गर्दै हुनुहुन्छ । उहाँका चार दर्जन लेखहरु जर्नलमा छापिइसकेका छन् भने आम सञ्चार माध्यममा जीव विज्ञान तथा वातावरणका विषयमा एक हजारभन्दा बढी लेख हरु र विज्ञान तथा शिक्षा विषयका ११ वटा पुस्तकहरु प्रकाशित भएका छन् ।






प्रतिक्रिया