अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेनजी भन्दै धम्क्याउने अर्जुन शाही फेरि पक्राउ

जेनजी भन्दै धम्क्याउने अर्जुन शाही फेरि पक्राउ


काठमाडौं-आफूलाई जेनजी भन्दै सरकारी कार्यालयमा कर्मचारीलाई धम्क्याउँदै पुग्ने गरेका अर्जुनबहादुर शाही फेरि पक्राउ परेका छन् ।

शाहीलाई प्रहरीले काठमाडौंको ठमेलस्थित कालधाराबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिनुभयाे।

शाहीलाई बैंकिङ कसुर आरोपमा प्रहरीले पक्राउ गरेको हो । शाहीविरुद्ध ११ लाखको बैंकिङ कसुर र ८ तोला बराबरको सुन ठगी गरेको आरोप छ।

शाही यसअघि पनि विभिन्न अपराधिक मुद्दामा फरार देखिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो । पछिल्लोपटक उनी काठमाडौंको कोटेश्वरबाट पक्राउ परेका थिए । पछि उनी धरौटीमा रिहा भएका थिए ।

शाही यसअघि पनि विभिन्न अपराधिक मुद्दामा फरार देखिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो । पछिल्लोपटक उनी काठमाडौंको कोटेश्वरबाट पक्राउ परेका थिए । पछि उनी धरौटीमा रिहा भएका थिए ।