विराटनगर-सुनसरीको सीमा क्षेत्रमा भएको गोलीकाण्डमा कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको छ । घटना सशस्त्र प्रहरी बेस क्याम्प बीओपी लौकही नजिकैको पुरी टोलमा भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काका अनुसार नेपाल–भारत सीमा नजिकैको घटनास्थलमा सिटी सफारीमार्फत सामान ल्याउने क्रममा चालकलाई लक्षित गरी गोली चलाइएको देखिएको छ ।
घटनास्थलमा गोलीको खोका फेला परेको र विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
घटनापछि स्थानीयबासी र घाइतेका परिवारले प्रदर्शन सुरु गरेका छन् । प्रारम्भिक रिपोर्ट अनुसार गोली सशस्त्र प्रहरीकाबाट चलेको आशंका गरिएको छ ।
प्रहरीले घटनास्थलको नियन्त्रण कायम गर्दै अनुसन्धानलाई तीव्र बनाएको छ ।





प्रतिक्रिया