अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य तोलामा १४०० रुपैयाँ घट्यो, आज कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्य तोलामा १४०० रुपैयाँ घट्यो, आज कतिमा हुँदै छ कारोबार ?


काठमाडौँ-नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। केही दिनअघि २ लाख ७० हजार ६०० रुपैयाँको रेकर्ड मूल्यमा कायम भएको छापावाल सुन त्यसअघि क्रमशः घट्दै गएर बिहीबार भने २ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको हो। अघिल्लो दिनको तुनालमै सुनको मूल्य १४०० रुपैयाँ घटेको छ।

बुधबार छापावाल सुन तोलामा २ लाखा ६१ हजार रुपैयाँ कायम भएको थियो । 

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ४ हजार ४७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा ४ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।