काठमाडौं-प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालका अध्यक्ष दुर्गा प्रसाईँसँग छलफल सुरु गर्नुभएको छ। सिंहदरबारमा बोलाएर प्रसाईँ नेतृत्वको टोलीसँग छलफल गर्नुभएको हो।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उक्त अभियानको टोलीसँग भेटवार्ता गरेको सचिवालयले जनाएको छ।
भेटवार्तामा गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल पनि सहभागी छन्।
प्रसाईं समूहले राखेका मागबारे छप छलफल गर्नका लागि आज वार्तामा बसेको हो ।
यसअघि सरकारले मंसिर २२ गते पनि छलफल गरेको थियो। प्रसाईँले आन्दोलनको कार्यक्रम अघि सारेपछि प्रधानमन्त्रीले चुनावको वातावरण बनाउनको लागि वार्ताबाटै निकास निकाल्न पहल थाल्नुभएको हो।





प्रतिक्रिया