अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रगतिशील समाजवादी पार्टी नेकपा एमालेमा समाहित

प्रगतिशील समाजवादी पार्टी नेकपा एमालेमा समाहित


काठमाडौं – नेकपा एमाले र प्रगतिशील समाजवादी पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ ।

मुलुकमा देखिएको राजनीतिक अस्थिरता र संकटको अवस्थालाई मध्यनजर गर्दै प्रगतिशील समाजवादी नेकपा एमालेमा समाहित हुने भएको हो ।

एकताको सहमतिपत्रमा एमालेका तर्फबाट केन्द्रीय सदस्य एवं मधेस प्रदेशका पूर्व इन्चार्ज लिलानाथ श्रेष्ठ र प्रगतिशील समाजवादीको तर्फबाट तुलसीराज गिरीले हस्ताक्षर गर्नुभएको छ ।

राष्ट्रियता, लोकतन्त्र र समृद्धिको यात्रालाई मजबुत बनाउँदै राष्ट्रिय वाम लोकतान्त्रिक शक्तिलाई एकीकृत गर्ने उद्देश्यले एकता प्रक्रिया अघि बढाइएको सहमतिपत्रमा उल्लेख छ ।

दुवै दलले साझा नीति, सिद्धान्त र कार्यक्रमका आधारमा अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

प्रगतिशील समाजवादी पार्टी नेकपा एमालेमा समाहित