विराटनगर- प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य एवं महिला विभाग उपप्रमुख रेणु पराजुली शालिग्राम- मन्जु दाहाल पत्रकारिता पुरस्कार २०८२ बाट पुरस्कृत हुनु भएको छ ।
प्रेस चौतारी मोरङ शाखाले प्रदान गर्ने यो पुरस्कार आज पत्रकार पराजुलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हस्तान्तरण गर्नु भएको हो । विराटनगरमा आयोजित कार्यक्रममा पराजुलीलई २१ हजार रुपैंया राशीको सो पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको चौतारीकी अध्यक्ष चिना थापाले जानकारी दिनुभयो । पत्रकार पराजुली समावेशी एफ.एम कटारीका अध्यक्ष हुनुहुन्छ । पराजुली करिब डेढ दशक देखि पत्रकारितामा हुनुहुन्छ । उहाँ पत्रकार महासंघ उदयपुरकी उपाध्यक्ष हुनुहुन्छ ।
विराटनगरका शिक्षासेवी तथा बैंक सञ्चालक दाहाल दम्पतीले आफ्नै नाममा सो पुरस्कार स्थापना गर्नुभएको हो । दाहाल दम्पतीले ६ वर्ष अघि चौतारीको अक्षयकोष रकम २ लाख ५० हजार रुपैंया जम्मा गरेका थिए । सो अक्षयको कोषको ब्याजबाट हरेक वर्ष यो पुरस्कार चौतारीले वितरण गर्ने गरेको छ ।





प्रतिक्रिया