रूपन्देही – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी छोडेको घोषणा गरेका नेता बासुदेव घिमिरेलाई निर्णय फिर्ता लिन सहमत बनाउनु भएको छ । उपाध्यक्ष पौडेल सहितका नेताहरुले निरन्तर सम्झाइबुझाइ गरेपछि घिमिरेले अन्य पार्टीमा प्रवेश गर्ने गरेको तयारी पनि स्थगित गर्नुभएको छ । हिजो देखिको निरन्तर संवादमा घिमिरे लचक भएपछि उपाध्यक्ष पौडेलले एक तस्विर सार्वजनिक गर्नुभएको छ । पौडेल घिमिरे अन्य नेताहरु सहितको तस्विर सार्वजनिक गर्दै पौडेलले हामी सँगै छौं लेख्नु भएको छ । पौडेलले यो तस्विर सार्वजनिक गरेपछि रुपन्देही एमालेले धेरै राहात महसुष गरेको छ । घिमिरे विघटित प्रतिनिधि सभाका सदस्य हुनुहुन्थ्यो । एमालेको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएपछि घिमिरेले एमाले त्याग्ने योजना बनाउनुभएको थियो ।
उपाध्यक्ष पौडेलले यो बेला डट कमसँग संक्षिप्त कुराकानी गर्दै बासु कमरेड अब अरु पार्टीमा प्रवेश नगर्ने बताउनुभएको छ ।





प्रतिक्रिया