झापा-झापाको मेचीनगर नगरपालिका-६ स्थित कालीखोला पुलमा बिहीबार बेलुका ट्रकले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टाबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र १-०१-०१३ प ५८८८ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको भारतीय ट्रकले पछाडिबाट ठक्कर दिएको हो।
दुर्घटनामा स्कुटर चालक मेचीनगर नगरपालिका-६ निवासी ३३ वर्षीया लक्ष्मी साह गम्भीर घाइते भएकी थिइन्। तत्काल आम्दा अस्पताल (धुलाबारी) लगिए पनि राति चिकित्सकले मृत घोषणा गरेकाे प्रहरीले जनाएको छ।
ठक्कर दिने ट्रक र चालक भारतीय राज्य पन्जाबको अमृतसर जिल्ला, भोलेबाबा निवासी ३६ वर्षीय सन्दीप सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रक र चालक हाल इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा छन्।





प्रतिक्रिया