अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस कार्यसम्पादन समितिको बैठकअघि दुवै पक्ष आन्तरिक छलफलमा

कांग्रेस कार्यसम्पादन समितिको बैठकअघि दुवै पक्ष आन्तरिक छलफलमा


काठमाडौँ-नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन स्थगित गरेपछि त्यसबारे छलफल गर्न शुक्रबार दिउँसो ३ बजेका लागि कार्यसम्पादन समिति बैठक आह्वान भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक अगाडि आ-आफ्ना रणनीति तय गर्न दुवै पक्ष छलफल गरिरहेका छन्। 

संस्थापन समूहले साढे १२ बजे ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा संस्थापन समूहबाट कार्यसम्पादन समितिमा रहेका नेताहरूको बैठक बोलाएको छ । संस्थापन पक्षीय सहमहामन्त्री महेन्द्र यादवले कार्यसम्पादन समितिको बैठक अघि संस्थापन समूहका कार्यसम्पादन समितिमा रहेका नेताहरूको बैठक बोलाइएको जानकारी दिए ।

सभापति देउवा भने विशेष महाधिवेशन गरियो भने पार्टी नै फुट्छ भन्दै आइरहेका छन् । उनले त्यो हुन नदिन आफू निकटका नेताहरूलाई भनिरहेका छन् ।