गुल्मी-गुल्मीमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। शुक्रबार बिहान ८ बजेतिर मालिका गाउँपालिका-६ राम्चेमा लुम्बिनी प्रदेश ०० ख ०३५५ नम्बरको बसले लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको वडा-६ का वडाध्यक्ष दीपक भण्डारीले जानकारी दिनुभयाे।
दुर्घटनामा एक जना नाबालक घाइते समेत भएका छन्। मोटरसाइकल पोखरा बारीबाट राम्चे जाँदै थियो। बस विपरित दिशाबाट आउँदै थियो।
मृत्यु हुनेमा मालिका गाउँपालिका-६ का मोटरसाइकल चालक ३६ वर्षीय वसन्त अर्याल र ६० वर्षीय मनकला अर्याल छन्। त्यस्तै मोटरसाइकलमै सवार ६ वर्षीय अनुभव गिरी घाइते भएका छन्।
कमलपोखरी माविमा पढाउने लीला पनि बसको ठक्करबाट घाइते भएकी छन्। उक्त बसले स्थानीय एक बोर्डिङ स्कुलका शिक्षक तथा विद्यार्थीहरूलाई वनभोजका लागि लिएर जाँदै थियो। स्कुलबाट विद्यार्थी बोकेर २० मिटर अगाडी बढ्ने बित्तिकै बसले मोटरसाइकललाई ठक्कर दिएको वडा अध्यक्ष भण्डारीले जानकारी दिनुभयाे।





प्रतिक्रिया