काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी-पंक्ति नेता तथा कार्यकर्तालाईलाई निर्वाचनका लागि सबै तरिकाले तयार रहन निर्देशन दिनुभएको छ।
नयाँ वर्ष सन् २०२६ का अवसरमा बिहीबार साँझ प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय समितिलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओली एमाले नेता तथा कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिनुभएको हाे ।
निर्वाचनका लागि तयार रहन निर्देशन दिँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘नतिजा निकाल्ने गरी लाग्नुपर्छ। निर्वाचनका लागि सबै तरिकाले तयार रहनूस्।’
निर्वाचनमा जनअभिमत स्वेच्छाले प्रकट हुन पाउनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले शान्तिपूर्ण वातावरणमा स्वच्छ निर्वाचन जहिले भए पनि एमाले सहभागी हुने बताउनुभयो।
यद्यपि विघटित प्रतिनिधिसभा पुनर्स्थापना गरी त्यसबाट समस्या समाधान खोजिनुपर्ने आफ्नो पार्टीको धारणा रहेको उहाँले बताउनुभयाे। अध्यक्ष ओलीले भन्नुभयो, ‘जननिर्वाचित सरकार ढल्नु भनेको देशमा लोकतन्त्र र संविधान ढल्नु हो, जनताको सार्वभौमसत्ता थिचिनु, मिचिनु र ढालिनु हो।’





प्रतिक्रिया