अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति निकोलस मादुरो समातेपछि ट्रम्पले भने-भेनेजुएला अब अमेरिकाले सञ्चालन गर्छ

राष्ट्रपति निकोलस मादुरो समातेपछि ट्रम्पले भने-भेनेजुएला अब अमेरिकाले सञ्चालन गर्छ


काठमाडौं – हवाई आक्रमण गरी भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो समातेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले सुरक्षित, उचित र विवेकपूर्ण संक्रमण सुनिश्चित नगरेसम्मको अवधि भेनेजुएलालाई सञ्चालन गर्ने बताएका छन् ।

अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलाको खराब पूर्वाधार ठीक गर्ने र देशका लागि पैसा कमाउन थाल्ने ट्रम्पले बताए ।

अमेरिकाले शनिबार भेनेजुएलामा आक्रमण गरेको थियो, जसमा मादुरो र उनकी पत्नीलाई अमेरिकी सेनाले समाते । त्यसपछि अमेरिका ल्याएका थिए ।

यसैबीच भेनेजुएलाले राष्ट्रिय आपत्काल घोषणा गरेको र सैन्य आक्रमणको भर्त्सना गरेको छ । देशकी उपराष्ट्रपतिले मादुरो नै एकमात्र नेता भएको बताएकी छन् ।

अमेरिकी महान्यायाधिवक्ताले मादुरो ड्रग र हतियार अभियोगमा पक्राउ परेको बताए । बीबीसी