काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहालबीच भेटघाट भएको छ ।
ललितपुर स्थित एक घरमा दुई नेताहरु बीच बिहान ९ बजे भेट भएको एमाले स्रोतले जानकारी दिएको छ । भेटमा समसामयिक राजनीति,आगामी निर्वाचन लगायतका विषयमा छलफल भएको एमाले स्रोतले जनाएको छ ।
पछिल्ला दिनमा एमाले र नेकपाबीच चुनावी तालमेल गरेर अघि अघि बढ्ने विषयमा छलफल अघि बढरिहेको बेला दुई अध्यक्षको भेटलाई अर्थपूर्ण लिइएको छ ।





प्रतिक्रिया