काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पार्टीले रुपन्देही २ बाट एकल उम्मेद्वार सिफारिस गरेको छ ।
पार्टीको क्षेत्रीय समन्वय कमिटीले पौडेलको नाम सर्वसम्मत सिफारिस गरेर जिल्ला कमिटीमा पठाएको जनाएको छ । पौडेल २०७०,२०७४ र २०७९ मा पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित हुँदै आउनुभएको छ ।
एमालेले सबै निर्वाचन क्षेत्रीय समन्वय कमिटीलाई २० पुषसम्म प्रतिनिधि सभामा उम्मेद्वार हुनेहरुको नाम सिफारिस गर्न निर्देशन जारी गरेको थियो । उपाध्यक्ष पौडेललाई पाल्पा १ बाट उम्मेद्वारका लागि सिफारिस गरिएको पार्टीले जनाएको छ ।





प्रतिक्रिया