अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाधिवेशनले एमालेमा नयाँ ऊर्जा दिएको छ: प्रदीप ज्ञवाली

महाधिवेशनले एमालेमा नयाँ ऊर्जा दिएको छ: प्रदीप ज्ञवाली


गुल्मी-नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता प्रदीप ज्ञवालीले केन्द्रीय महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा प्रदान गरेको बताउनुभएको छ।

सदरमुकाम तम्घासमा आयोजित पत्रकार सम्मेलनमा नेता ज्ञवालीले महाधिवेशनपछिका घटनाक्रममा सबैभन्दा बढी प्रहार एमालेमाथि भएको धारणा व्यक्त गर्नुभएको छ।

नेता ज्ञवालीले हाल देखिएको प्रतिकूलता क्षणिक भएको उल्लेख गर्दै लोकतन्त्रको पक्षमा उभिएको जनशक्तिले पार्टीलाई थप बलियो बनाएको बताउनुभयो। केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवा समावेश हुनु एमालेभित्र पुस्तान्तरणको सकारात्मक सन्देश भएको उहाँको भनाइ छ।

नेता ज्ञवालीले भिन्न धारबाट आएका नेता तथा कार्यकर्तालाई क्रियाशीलताको मूल्याङ्कन तथा योगदानको कदर गरिने बताउनुभयो । एमाले सिङ्गो देशको लोकतान्त्रिक आन्दोलनका लागि महत्वपूर्ण शक्ति भएको उहाँले दाबी गर्नुभयो ।

चुनावबाट पन्छिने कल्पना पार्टीले नगरेको स्पष्ट पार्दै उहाँले चुनावका लागि सरकारले उपयुक्त वातावरण बनाउन आवश्यक भएको बताउनुभयो ।