रुपन्देही-नेकपा एमाले रुपन्देही ५ क्षेत्रीय कमिटीले प्रतिनिधि सभामा उम्मेदवारका लागि नेता खिमलाल भट्टराईलाई एकल सिफारिस गरेको छ।
आज बसेको क्षेत्रीय कमिटीको बैठकले भट्टराईको नाम एकल रूपमा सिफारिस गरेको बैठकमा सहभागी एमाले रुपन्देहीका सचिवालय सदस्य सन्दीप गुप्ताले जानकारी दिनुभयो। ‘बैठकमा खिमलाल भट्टराईको मात्रै नाम प्रस्तावित भयो, सबैले ताली बजाएर स्वीकृत गरे’ उहाँले भन्नुभयो।
बैठकमा समन्वय गरेका एमाले केन्द्रीय कमिटी सदस्य भूमिश्वर ढकालले पनि क्षेत्रीय कमिटी बैठकबाट नेता खिमलाल भट्टराईको एकल नाम सिफारिस गरेको जानकारी दिनुभयाे ।
अनेरास्ववियुको केन्द्रीय अध्यक्ष हुँदै पार्टीको राजनीतिमा प्रवेश गरेका उनी यसअघि नै पोलिलटब्यूरो सदस्य भइसकेका थिए । ११ औँ महाधिवेशनबाट पनि केन्द्रीय कमिटीमा निर्वाचित भएका छन् ।






प्रतिक्रिया