अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक


 काठमाडौं-नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पुस २१ गते सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

उहाँले बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई उपस्थित हुन भनेका छन्।

यसअघि शुक्रबार बसेको कार्यसम्पादन बैठकले वैशाख २८ देखि ३१ गतेसम्म १५औँ महाधिवेशन गर्ने प्रस्ताव पारित गरेको छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने २०८२ पुस २६ को महाधिवेशन कार्यतालिका प्रभावित भएपछि विशेष महाधिवेशन गर्नुपर्ने अडान लिइरहेका छन्। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको मागसहित यसअघि नै केन्द्रीय कार्यालयमा निवेदन दिएका छन्।