अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीका श्रीमान् सुवेदीलाई थप उपचारका लागि भारत लैजाने तयारी

प्रधानमन्त्रीका श्रीमान् सुवेदीलाई थप उपचारका लागि भारत लैजाने तयारी


काठमाडौं–प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा प्रसाद सुवेदीलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ।  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत सुवेदीलाई थप उपचारका लागि आजै भारत लान लागिएको हो।

पिसावको संक्रमण देखिएपछि बिहीबार त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो। सुवेदीलालाई पिसावमा  संक्रमण, रिगांटा लाग्ने, पेटमा समस्या देखिएको अस्पतालले जनाएको छ। सिटी, एमआरआइमा गर्दा कुनै समस्या देखिएको नदेखिएको अस्पतालले जनाएको छ। 

सुवेदीलालाई भारतको दिल्ली लान लागिएको स्रोतले बताएको छ। यद्यपि दिल्लीको कुन अस्पतालमा उपचार गराउने भन्नेबारे खुलाइएको छैन।