अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले रौतहट क्षेत्र-१ बाट अजय कुमार गुप्ताको एकल सिफारिस

एमाले रौतहट क्षेत्र-१ बाट अजय कुमार गुप्ताको एकल सिफारिस


रौतहट–आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले) रौतहट क्षेत्र नम्बर-१ बाट पार्टीका केन्द्रीय सदस्य अजय कुमार गुप्ताको नाम एकल रूपमा सिफारिस गरिएको छ।

एमाले रौतहट-१ को क्षेत्रीय भेलाले गुप्तालाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रूपमा केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो।

अजय कुमार गुप्ता हालै सम्पन्न नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट मधेशी खुला (पुरुष) तर्फ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो। महाधिवेशनमा उहाँले २ हजार २२७ मतमध्ये १, ८१४ मत प्राप्त गर्नुभएको थियो।

गौर नगरपालिका, रौतहटका स्थायी बासिन्दा गुप्ता यसअघि २०७४ मा गौर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। मेयरका रूपमा उहाँले स्थानीय विकास, सेवा प्रवाह तथा सुशासनका क्षेत्रमा काम गरेको उल्लेख गरिँदै आएको छ।