बागलुङ-आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले बागलुङले बागलुङ-१ मा तीन जनाको नाम सिफारिस गरेको छ।
एमाले बागलुङ जिल्ला कमिटीको २०८२ पुस २० गते आइतबार बसेको बैठकले जिल्ला अध्यक्ष हिराबहादुर केसीसहित तीन जनाको नाम सिफारिस गरेको हो । जसमा अध्यक्ष हिरासहित इन्द्रलाल सापकोटा र मना कुमारी जिसी केसी छन् ।
केसी जिल्ला अध्यक्षको रुपमा दोस्रो कार्यकाल बिताइरहेका छन् । उहाँकै पहलमा गत वर्ष तत्कालीन नेकपा एकीकृत समाजवादी बागलुङको नेतृत्व सहितका पदाधिकारीहरु एमालेमा समाहित भएका थिए।





प्रतिक्रिया