कैलाली-आगामी फागुन २१ गते हुने निर्वाचनको लागि हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमाले कैलाली क्षेत्र नम्बर ३ बाट तीन जनाको नाम सिफारिस गरिएको छ।
आज भजनी नगरपालिकामा बसेको बैठकले क्षेत्र नम्बर ३ समन्वय कमिटी बैठकले पूर्वमन्त्री गौरीशङ्कर चौधरी, पूर्व मेयर ममता प्रसाद चौधरी र पूर्व उपमेयर छायादेवी देवकोटा लाई सिफारिस गर्ने निर्णय गरेको हो।
चौधरी हाल नेकपा एमाले केन्द्रीय सदस्य हुन्। ममता प्रसाद चौधरी एमाले कैलालीका सचिव हुन् । प्रतिनिधि सभा उम्मेदवारको लागि सिफारिस भएकी देवकोटा भजनी नगरपालिका पूर्व उपप्रमुख हुन्।





प्रतिक्रिया