हेटौंडा- काठमाडौं-हेटौंडा जोड्ने छोटो राजमार्ग अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित जुरीखेतमा जिप दुर्घटना ९ जना घाइते भएका छन्। यात्रुवाहक सुमो दुर्घटना हुँदा घाइते भएका ९ जना मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ।
काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना १ज १७७८ नम्बरको सुमो भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइते हुनेहरूमा ६ जना पुरुष, १ महिला, १ बालिका र १ बालक रहेका छन् । घाइतेमध्ये बालक र बालिकाको अवस्था मध्यम रहेको जनाएकाे छ ।
सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको सुमोबाट घाइतेहरूलाई उद्धार गरी उपचारका लागि हेटौँडा पठाइएको प्रहरीले जनाएकाे छ । दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब ३ किलोमिटर उत्तर–पूर्वमा पर्दछ ।





प्रतिक्रिया