काठमाडौं- मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा आइतबार साँझ भएको सुमो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।
काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो सडकबाट करिब १०० मिटर तल खस्दा गम्भीर घाइते भएकाहरूमध्ये ६ जनाको हेटौंडामा उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु भएका ६ जनाकै हालसम्म सनाखत हुन सकेको छैन। मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
सुमोमा कुल ९ जना सवार थिए। दुर्घटनामा परी घाइते भएका अन्य ३ जनाको हेटौंडास्थित अस्पतालमा उपचार भइरहेको छ।
मृतक र घाइतेहरू काठमाडौंबाट हेटौंडा आउँदै गर्दा जुरिखेतको ओरालोमा दुर्घटनामा परेका हुन्।





प्रतिक्रिया