काठमाडौं- आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नं. २ बाट तीनजना नेताको नाम सिफारिस गरिएको छ।
निर्वाचन क्षेत्रीय समन्वय कमिटीले गरेको निर्णय अनुसार पूर्व साँसद एवं एमाले केन्द्रीय सदस्यद्वय झपट रावल र कमला कुमारी ओलीसहित महादेव बजगाँईंको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको छ।
रावल २०७४ मा सो क्षेत्रबाट संघीय साँसद हुनुहुन्थ्यो भने ओली सोही समयमा राष्ट्रियसभा सदस्य हुनुहुन्थ्यो । दुवै एमालेको १० औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने ११ औं महाधिवेशनबाट पनि दुवै जना निर्वाचित हुनुभएको छ । ओलीले २०७९ को प्रदेश सभाको निर्वाचन पार्टीका तर्फबाट प्रतिपर्धा गर्नु भएको थियो भने रावलले संघीय साँसदमा प्रतिष्पर्धा गर्नुभएको थियो । काँग्रेस माओवादी गठबन्धनका कारण सो निर्वाचनमा दुवै जना पराजित हुनु भएको थियो ।
अध्यक्ष ओली निकट कमला कुमारी प्रत्यक्षतर्फ पनि महिलाले ३३ प्रतिशत सिटमा प्रतिष्पर्धा गर्न पाउनु पर्ने माग गर्दै आएकी नेता हुनुहुन्छ ।






प्रतिक्रिया