भक्तपुर- नेकपा एमालेका सचिव महेश बस्नेत आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट एकल सिफारिस हुनु भएको छ ।
निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले बस्नेतलाई सर्वसम्मत रुपमा उम्मेद्वार बनाउन जिल्ला कमिटीलाई सिफारिस गरेको छ ।
एमालेका चर्चित नेता बस्नेत २०७४ को निर्वाचनमाा यसै क्षेत्रबाट निर्वाचित हुनुहुन्थ्यो । २०७९ को निर्वाचनमा झिनो मतले पराजित बस्नेत भक्तपुरको विकासका लागि रोल मोडल मानिनुहुन्छ । पूर्व उद्योग मन्त्री समेत रहनु भएका बस्नेत भदौ २३ र २४ को विध्वंस,तोडफोड र आगजनीपछि एमालेमा सबै भन्दा मुखर नेताको रुपमा चिनिनुहुन्छ । नेता बस्नेतले पहिलो पटक सामाजिक सञ्जाल मार्फत आगजनी र तोडफोडको विरोध गर्नुभएको थियो । बस्नेत कै पहलमा अध्यक्ष केपी शर्मा ओलीलाई गुण्डुमा बसोबासको व्यवस्था मिलाइएको हो ।
यस अघि उम्मेद्वारको दाबेदारी गर्नुहुने नेताहरु राजेन्द्र राजथला र अनिल श्रेष्ठलाई उम्मेद्वारी फिर्ता लिएकोमा बस्नेतले धन्यवाद दिनु भएको छ ।






प्रतिक्रिया