अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज काठमाडौँमा एकता घोषणा सभा गर्दै रास्वपा

आज काठमाडौँमा एकता घोषणा सभा गर्दै रास्वपा


काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज एकता घोषणा सभा गर्दैछ। काठमाडौँका मेयर बालेन्द्र शाह, उज्यालो नेपाल पार्टी र अन्य समूहबाट आएका नेता कार्यकर्ताको व्यवस्थापनपछि आज (रास्वपा)ले बृहत्तर एकता घोषणा सभा गर्न लागेको हो।

सोमबार दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा हुने एकता सभामा पार्टी सभापति रवि लामिछानेसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ। 

रास्वपासँग पुस १३ मा काठमाडौँका मेयर बालेन साहको समूह र पुस १४ मा उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति भएको थियो। सभाबाट एकता प्रक्रियाले पूर्णता पाउने र आगामी राजनीतिक कार्यदिशाबारे स्पष्ट पारिने रास्वपाले जनाएको छ।

आइतबार बसेको बैठकले पार्टीमा आएकाहरुको व्यवस्थापनका लागि विभिन्न पदाधिकारी थपसहित केन्द्रीय समितिमा मनोनयन गरेको थियो ।