अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनचाँदीको मूल्यमा उच्च वृद्धि, कतिमा हुँदैछ कारोबार ? 

सुनचाँदीको मूल्यमा उच्च वृद्धि, कतिमा हुँदैछ कारोबार ? 


काठमाडौँ-सुनचाँदीको मूल्य फेरि बढेको छ। आज सुन प्रतितोला ३ हजार ६०० रुपैयाँले बढेको हो।  आइतबार २ लाख ६० हजार ४०० रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य आज २ लाख ६५ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

चाँदीमा झनै ठुलो मूल्य वृद्धि भएको छ । आज चाँदी एकैदिन प्रतितोला १८५ रुपैयाँ बढेको छ । आइतबार ४ हजार ५०० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६८५ रुपैयाँ पुगेको हो ।