गुल्मी-नेकपा एमालेले गुल्मी क्षेत्र-२ बाट पार्टी उपाध्यक्ष गोकर्ण विष्टको एकल नाम सिफारिस गरेको छ।
गुल्मीकाे दुईवटा निर्वाचन क्षेत्रमध्ये १ नम्बर क्षेत्रमा एमाले नेता प्रदीप ज्ञवालीको एकल नाम सिफारिस भइसकेको छ। क्षेत्र नम्बर मा उपाध्यक्ष विष्टसहित रामकुमारी झाँक्री, राजेन्द्र अर्यालसहित ६ जनाको नाममा छलफल भने भएको थियो । क्षेत्रीय संयोजक रितबहादुर थापाले विष्टको नाम एकल सिफारिस गरिएको जानकारी दिनुभयाे ।
२०५६ सालमा जितेसँगै विष्टको संसदीय यात्रा सुरू भएको हो । २०६४ सालको पहिलो संविधानसभा चुनावमा उहाँ माओवादीसँग पराजित हुनुभएको थियो। २०७० सालको दोस्रो संविधानसभा, २०७४ र २०७९ मा लगातार विजयी भएका विष्ट ऊर्जामन्त्री समेत बन्नुभएको थियाे ।





प्रतिक्रिया