काठमाडौँ–नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ।
अध्यक्ष ओलीसँग भेटवार्ताका लागि खड्का र लेखक ओली निवास गुण्डु नै पुग्नुभएको थियाे। भेटमा समासामायिक साथै निर्वाचन लगायतका विषयमा छलफल भएको बताइएको छ।
भेटमा राष्ट्रिय सभामा नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीबीच तालमेल गर्ने समझदारी भएको छ। सिट बाँडफाँडबारे पनि लगभग कुरा मिलिसकेको बताइएको छ।
माघ ११ गते राष्ट्रिय सभाका १८ सिटमा निर्वाचन हुँदै छ। जसमा कांग्रेसले ७ सिट, एमालेले ६ सिट, नेकपाले ४ सिट र उपेन्द्र यादव नेतृत्वको जसपाले १ सिट पाउने समझदारी बनेको छ।
अध्यक्ष ओलीसँग सोमबारको छलफलमा भएको समझदारीबारे कार्यवाहक सभापति खड्काले सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि ब्रिफिङ गर्नुभएकाे छ।





प्रतिक्रिया