काठमाडौं–आईसीसी टी-२० विश्वकप क्रिकेटको ट्रफी काठमाडौंको वसन्तपुर दरबार क्षेत्र, बौद्धनाथ स्तूप परिसर र पोखरा प्रदर्शन गरिने भएको छ।
ट्रफी टुरअन्तर्गत नेपाल आइपुग्नुभएकी विश्वकपको ट्रफी सोमबार राष्ट्रपति कार्यालयमा प्रदर्शन गरिएको थियो। अब पुस २२ गते मंगलबार पोखरामा प्रदर्शन गरिने नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयाे ।
बिहान ८ बजेदेखि १२ बजेसम्म पोखरामा ट्रफीको फोटो सुट हुनेछ। त्यसपछि दिउँसो ४ बजेदेखि ६ बजेसम्म वसन्तपुर दरबार क्षेत्रमा प्रदर्शनी हुने तालिका छ। बुधवार दिउँसो २ बजेदेखि ३ बजेसम्म बौद्धनाथ स्तूप परिसरमा प्रदर्शनीमा राखिने क्यानले जनाएको छ।





प्रतिक्रिया