प्युठान- एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि नेकपा एमालेले सूर्य थापाको नाम एकल सिफारिस गरेको छ।
एमाले जिल्ला कमिटीको आज बसेको बैठकले नेता थापाको एकल नाम सिफारिस गरेको हो।
थापा यसअघि २०७९को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुनुभएकाे थियाे।
नेता थापाले कांग्रेस–माओवादीसहितको तत्कालीन ५ दलको सत्ता गठबन्धनकी उम्मेदवार राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई ५ हजार २७४ को फराकिलो मतान्तरसहित जित्नुभएकाे थियाे।





प्रतिक्रिया