अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं उपत्यका थप चिसियो,न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सिएस

काठमाडौं उपत्यका थप चिसियो,न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सिएस


काठमाडौं- काठमाडौँ उपत्यकामा चिसो थप बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज बिहान ५.४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस देखिएको हो। अझ यो सुरुवाती मापन मात्र हो। आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८.४५ बजे पुन मापन गरिन्छ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अरू घट्ने सम्भावना हुन्छ।

सोमबार काठमाडौँको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियसमा थियो भने आइतबार ४ डिग्री सेल्सियस थियो।
सोमबार काठमाडौँमाको अधिकतम तापक्रम भने १५.३ डिग्री सेल्सियस थियो भने आइतबार १५.७ डिग्री सेल्सियस थियो।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

न्यूनतम बिहान ८.४५ बजे र अधिकतम तापक्रम साँझ ५.४५ बजे मापन गरिन्छ। सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।