अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठक अहिले बिहान ९ बजे,नेताहरुको चुनाव केन्द्रीत कार्य विभाजन गरिने

एमाले सचिवालय बैठक अहिले बिहान ९ बजे,नेताहरुको चुनाव केन्द्रीत कार्य विभाजन गरिने



काठमाडौं- नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बिहान बस्ने भएको छ ।
समसामयिक राजनीतिक परिस्थिती, राष्ट्रियसभा निर्वाचनमा भोली हुने मनोनयन र केन्द्रीय कमिटीका एजेण्डा तय गर्न बैठक बस्न लागेको सचिव पद्मा अर्यालले जानकारी दिनुभयो । अर्यालका अनुसार बैठक बिहान ९ बजे च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा अर्यालले बताउनुभयो ।
आजको बैठकमा नेताहरुको कार्यविभाजन पनि प्रमुख एजेण्डाको रुपमा रहेको एक पदाधिकारीले जानकारी दिए । ति पदाधिकारीका अनुसार देश निर्वाचनतर्फ उन्मुख रहेकोले हाललाई अस्थायी कार्यविभाजन गरेर अघि एमालेको तयारी छ । जस अनुसार मुख्य मुख्य विभागका प्रमुख,प्रदेशका इन्चार्जहरुलाई संयोजक र जिल्ला इन्चार्जहरुलाई पनि संयोजकको भूमिका दिइने तयारी छ । आजको बैठकले २६ गते बस्न् लागेको केन्द्रीय कमिटीमा प्रष्तुत गरिने निर्वाचन केन्द्रीत केही रणनीति पनि तय गर्ने एक नेताले जानकारी दिए ।