उदयपुर-आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उदयपुर क्षेत्र नम्बर २ मा एमालेबाट पाँच जनाको नाम सिफारिस गरिएको छ।
एमाले उदयपुर कमिटीकाे पुस २१ गते गाइघाटमा बसेको बैठकले लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको महासचिव देबराज राई, एमाले काेशी प्रदेश कमिटी सचिवालय सदस्य अमर रायमाझी, डा. भेषराज थापा, ज्ञानेन्द्र श्रेष्ठ र एमाले काेशी प्रदेशका पूर्व उपसचिव सैलेस लामालाई सिफारिस गरेको हो।
राईले २०७९ को निर्वाचनमा क्षेत्र नम्बर २ प्रदेश सभा (क) बाट चुनाव लड्नुभएकाे थियाे। त्यतिबेला तत्कालीन माओवादी केन्द्रका नारायण बुर्जा मगर ८ हजार १०५ मत ल्याई विजयी हुनुभएको थियो भने देवराज राईले ८ हजार ७० मत ल्याउनु भएको थियो । राईभन्दा ३५ मत बढी ल्याएर मगर प्रदेशसभा सदस्य निर्वाचित हुनु भएको थियो ।
निर्वाचनमा हार बेहोरेता पनि चुनावी घोषणामा गरिएको विकासकाका कामहरु भने राईले निरन्ता दिइरहनु भएको छ । त्यसैले जनताको मन जित्न सफल देवराज राई आफैमा एक मिलनसार र सहयोगी भावनाका भएको हुनाले पनि राई जनताको प्रिय नेताका रुपमा रुपमा चिनिन्छन् ।
रायमाझी यसअघि २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुनुभएकाे थियाे।
उदयपुर जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र रहेको छ। चार नगरपालिका र चार गाउँपालिका पर्दछ। उदयपुर जिल्ला प्रकृति सुन्दरता भरिपूर्ण रहेको एक जिल्ला हो। कुल क्षेत्रफल २०६३ वर्ग किलोमिटर रहेको छ।
निर्वाचन क्षेत्र-२ मा दुई प्रदेश सभा रहेको छ। निर्वाचन क्षेत्र-२ मा एक नगरपालिका र चार गाउँपालिका रहेको छ। कटारी नगरपालिका-१४, ताप्ली गाउँपालिका-५, रौतामाई गाउँपालिका-८, लिम्चुङबुङ गाउँपालिका-५ र उदयपुरगढी गाउँपालिका-८ वटा वडा गरी जम्मा ४० वडा रहेको छ।
उदयपुर क्षेत्र-२ (क)मा रौतामाई गाउँपालिका-८, लिम्चुङबुङ गाउँपालिका-५ र उदयपुरगढी गाउँपालिका-८ गरी जम्मा २१ वटा वडा पर्दछन् । त्यस्तै उदयपुर क्षेत्र-२ (ख) मा कटारी नगरपालिका-१४ र ताप्ली गाउँपालिका-५ वटा वडा गरी जम्मा १९ रहेको छ।







प्रतिक्रिया