काठमाडौँ-नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक सुरु भएको हो।
समसामयिक राजनीतिक परिस्थिती, राष्ट्रियसभा निर्वाचनमा भोलि हुने मनोनयन र केन्द्रीय कमिटीका एजेण्डा तय गर्न सचिवालय बैठक बसेकाे सचिव पद्मा अर्यालले जानकारी दिनुभयो ।
आजको बैठकमा नेताहरुको कार्यविभाजन पनि प्रमुख एजेण्डाको रुपमा रहेको एक पदाधिकारीले जानकारी दिए । ती पदाधिकारीका अनुसार देश निर्वाचनतर्फ उन्मुख रहेकोले हाललाई अस्थायी कार्यविभाजन गरेर अघि एमालेको तयारी छ । जस अनुसार मुख्य मुख्य विभागका प्रमुख, प्रदेशका इन्चार्जहरुलाई संयोजक र जिल्ला इन्चार्जहरुलाई पनि संयोजकको भूमिका दिइने तयारी छ ।
आजको बैठकले २६ गते बस्न् लागेको केन्द्रीय कमिटीमा प्रष्तुत गरिने निर्वाचन केन्द्रीत केही रणनीति पनि तय गर्ने एक नेताले जानकारी दिए ।





प्रतिक्रिया