काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक अहिले पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा जारी छ। एमाले सचिवालय बैठक बिहान पौने १० बजेदेखि बसिरहेको हो।
आजको बैठकमा नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी नेपाल लगायतबीच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँड, प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोट लगायत विषयमा छलफल हुने जनाएकाे छ।
आज बस्ने सचिवालय बैठकले हिजोको छलफललाई अन्तिम रूप दिने एमाले नेताहरूले बताएका छन्। एमाले सचिवालय १९ सदस्यीय छ।
सोमबार कांग्रेस–एमाले बीच राष्ट्रिय सभामा तालमेल गरेर उम्मेदवारी दिने समझदारी जुटेको छ। राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ स्थानमध्ये १८ स्थानका लागि माघ ११ गते चुनाव हुँदै छ। एक सदस्य भने राष्ट्रपतिले मनोनयन गर्ने प्रावधान छ। भोलि बुधबार उम्मेदवारी दर्ता गर्नुपर्ने छ।





प्रतिक्रिया