काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक अवस्था गम्भीर मोडमा पुगेको भन्दै निर्वाचन सार्ने र प्रतिनिधि सभा पुनर्स्थापना हुन नदिने प्रयास भइरहेको बताउनुभएकाे छ।
ललितपुरकाे च्यासलमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले एमाले-कांग्रेस नजिकिँदै गएपछि सरकार र केही बाह्य शक्तिहरू असहज बनेको दाबी गर्नुभयाे। अध्यक्ष ओलीका अनुसार अदालतमा समेत दबाब सिर्जना गर्ने गतिविधि बढ्दै गएको छ, जसले लोकतान्त्रिक प्रणालीलाई नै चुनौती दिएको छ।

अध्यक्ष ओलीले भन्नुभयाे, ‘सर्वोच्च अदालतका न्यायाधीशहरूलाई समेत निरन्तर दबाब र धम्की दिने र संसद् पुनर्स्थापना हुन नदिने कार्यमा दबाब दिँइँदैछ। यसले लोकतान्त्रिक मूल्य-मान्यतामाथि गम्भीर प्रश्न उठाएको छ।’
नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने कार्य चुनौतीपूर्ण बन्दै गएको भन्दै वैदेशिक हस्तक्षेप नाङ्गो रूपमा देखिन थालेको अध्यक्ष ओलीले बताउनुभयाे।
अध्यक्ष ओलीले युवालाई केन्द्रमा राखेर टोल–टोलमा संगठन विस्तार गर्दै आन्दोलन र निर्वाचन तयारी एकसाथ अघि बढाउनुपर्ने बताउनुभयाे।







प्रतिक्रिया