काठमाडौं-नेकपा एमालेले आगामी फागुन २१ गते हुने चुनावका लागि अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन गरेको छ।
पुस २२ गते मंगलबार केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन गरेको हो।
कमिटीमा उपाध्यक्षद्वय रामबहादुर थापा बादल र विष्णु पौडेल, महासचिव शंकर पोखरेल तथा नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयाे।





प्रतिक्रिया