अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिव शेरधन राईको नाम भोजपुरबाट एकल सिफारिस

एमाले सचिव शेरधन राईको नाम भोजपुरबाट एकल सिफारिस


काठमाडौं-नेकपा (एमाले)का सचिव शेरधन राईको नाम आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भोजपुरबाट एकल सिफारिस भएको छ।

आज बसेको जिल्ला कमिटी बैठकले सचिव राईको एकल नाम सिफारिस गरेको हो ।

जिल्ला कमिटी बैठकले पूर्वअध्यक्ष शरणकुमार राईको प्रस्ताव र युवा नेता रोशन बस्नेतको समर्थनमा राईको नाम एकल सिफारिस गरेको जानकारी दिइएको छ।

२०५६ को संसदीय चुनावमा २८ वर्षकै उमेरमा सबैभन्दा कान्छो सांसदको रूपमा सदनमा इन्ट्री गरेका राईले भोजपुरबाट ३ पटक चुनाव जितिसक्नुभएकाे छ।

२०६४ को संविधानसभा निर्वाचनमा राईले साबिकको भोजपुर-२ बाट सुदन किरातीसँग पराजित भए । २०७० को दोस्रो संविधानसभा चुनावमा उनै सुदनलाई हराउनुभएकाे थियाे।