अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनी प्रदेश संयोजनको जिम्मेवारी पद्मा अर्याललाई

लुम्बिनी प्रदेश संयोजनको जिम्मेवारी पद्मा अर्याललाई


काठमाडौं-नेकपा एमालेले आगामी फागुन २१ गते हुने चुनावसम्म प्रदेश संयोजन गर्ने जिम्मेवारी तोक्ने क्रममा लुम्बिनीको संयोजकमा सचिव पद्मा अर्याललाई जिम्मा दिएको छ। 

पुस २२ गते मंगलबार केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले सचिव पद्मा अर्याललाई लुम्बिनीको संयोजक ताेकेकाे हो।  सचिव अर्याल यसअघि पनि लुम्बिनी इन्चार्जको जिम्मेवारीमा हुनुहुन्थ्याे।

त्यस्तै कोशीमा शेरधन राई,मधेशमा लिलानाथ श्रेष्ठ, बागमतीमा महेश बस्नेत, राजधानी विशेषमा डा. राजन भट्टराई, गण्डकीमा खगराज अधिकारी, कर्णालीमा यामलाल कडेल र सुदूरपश्चिममा गणेश ठगुन्नालाई जिम्मा दिइएको छ।