काठमाडौं-नेकपा एमालेले कोशीका १४ जिल्ला इन्चार्जहरूको जिम्मेवारी तोकेको छ। पुस २२ गते मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनको संयोजन गर्ने गरी नेताहरूलाई जिम्मेवारी दिएको उपमहासचिव लेखराज भट्टले बताउनुभयो।
कोशीका १४ जिल्लामा को-को भए इन्चार्ज ?
- ताप्लेजुङ – तिलकुमार मेयाङ्बो
- पाँचथर- आइन्द्र सुन्दर नेम्वाङ
- इलाम- राम राना
- झापा- रोम ओली
- मोरङ- ऋषिकेश पोखरेल
- सुनसरी- जगदीश कुसियैत
- उदयपुर- मञ्जु चौधरी
- खोटाङ- विशाल भट्टराई
- ओखलढुंगा- यज्ञराज सुनुवार
- सोलुखुम्बु- मानवीर राई
- भोजपुर- हेमराज राई
- संखुवासभा- तुलसी न्यौपाने
- तेह्रथुम- विष्णुमाया विक
- धनकुटा- राजेन्द्र राई





प्रतिक्रिया