काठमाडौँ-कोशी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले मंगलबार मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएकाे हाे।
नेपाली कांग्रेसका ५ र एमालेका ५ जना गरि राज्यमन्त्री सहित १० जना मन्त्री नियुक्त गरेका हुन्।
नेकपा एमालेबाट विदुर कुमार लिङ्थेप आर्थिक मामिला तथा योजना मन्त्री, चिन्तन पाठक खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन मन्त्री, रामप्रसाद मेहता सामाजिक विकास मन्त्री र उमाकान्त गौतम आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री छन्।
त्यस्तै नेपाली कांग्रेसबाट प्रदीप सुनुवार भौतिक पूर्वाधार विकास मन्त्री, मानबहादुर लिम्बू स्वास्थ्य मन्त्री, इस्राइल मन्सुरी उद्योग कृषि तथा सहकारी मन्त्री, भीम पराजुली पर्यटन, वन तथा वातावरण मन्त्री र शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा नियुक्त भएका हुन्।






प्रतिक्रिया