काठमाडौं-प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिकमा लाग्न खोज्ने मन्त्रीहरूलाई बाटो क्लियर गर्न निर्देशन दिनुभएकाे छ।
चुनाव नजिकिँदै जाँदा केही मन्त्रीहरू राजनीतिक क्रियाकलापमा लागेको र उनीहरू दलमा नै आबद्ध भएकाले प्रधानमन्त्री कार्कीले सोमबारको बैठकमा अब तत्काल पद छोड्न निर्देशन दिनुभएकाे हाे ।
जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम चुनावी सरकारमा कुलमान घिसिङले प्रभावशाली मानिने ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय सम्हालिरहेका छन् ।
सरकारमा सहभागी भएपछि कुलमान घिसिङको संरक्षकत्वमा उज्यालो नेपाल पार्टी गठन गरिएको थियो। अध्यक्ष अनुपकुमार उपाध्याय रहेको उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गरेको छ। दलका बैठक र राजनीतिक कार्यक्रममा भने घिसिङ प्रत्यक्ष सहभागी हुँदै आएका छन्।
निर्दलीय भनिएको चुनावी सरकारका मन्त्री नै राजनीतिक गतिविधिमा सक्रिय हुन थालेको भन्दै आलोचना हुँदै आएको छ। कतिपयले त आगामी निर्वाचनको निष्पक्षतामासमेत प्रश्न उठाउने गरेका छन्।





प्रतिक्रिया