काठमाडौँ-सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नु भएको हो। सञ्चारमन्त्री खरेलले पुस ११ र २१ गते बसेको मन्त्रिपरिषद्का ३५ निर्णय एकसाथ सार्वजनिक गर्नु भएको हो।
सरकारका प्रवक्ता खरेलका अनुसार सरकारले प्रत्येक वर्षको पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रूपमा मनाउने निर्णय गरेको छ। त्यस्तै सरकारले नेपालमा भिसा नियमित नगरी बसोवास गर्दै आएका १५ जना विदेशी नागरिकहरूले प्रचलित कानुन अनुसार नेपालबाट प्रस्थान हुने मितिसम्म बुझाउनु पर्ने बिलम्व शुल्क र जरिवाना बापतको दस्तुर मिनाहा गरी नेपालबाट प्रस्थान गराउने निर्णय गरेको छ। मन्त्री खरेलका अनुसार सरकारले गृह मन्त्रालय अन्तर्गतका निकायहरूको सङ्गठन संरचना र दरबन्दी स्वीकृत गरेको छ।
पुस ११ र २१ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयः






प्रतिक्रिया