अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको प्रचार विभाग प्रमुखमा मीन बहादुर शाही

एमालेको प्रचार विभाग प्रमुखमा मीन बहादुर शाही


काठमाडौं- नेकपा एमाले प्रचार तथा प्रकाशन विभागको प्रमुखमा केन्द्रीय सदस्य मीनबहादुर शाही चयन हुनु भएको छ ।
पार्टीको आज बसेको सचिवालय बैठकले शाहीलाई प्रचार संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो । कालिकोट निवासी शाही सामुदायिक रेडियो सञ्चालकको पृष्ठभुमीबाट एमाले राजनीतिको मुलधारमा प्रवेश गर्नुभएको हो । शाही सामुदायिक सुचना नेटवर्कको संस्थापक,सामुदायिक रेडियो प्रशारक संघ (अकोर्याब)को दुई कार्यकाल अध्यक्ष हुनु भएको थियो । शाही सामुदायिक रेडियो विश्व संगठनको सहअध्यक्ष हुनुहुन्छ ।
शाही ११ औं महाधिवेशनमा पार्टी केन्द्रीय सदस्य चयन हुनु भएको हो ।